Skip to content
LAXMI SUNRISE BANK

‘एनआईसी एशियासँग ऋणी र सेयरधनी खुसी छैनन्, बैंक सुध्रिनुपर्छ’- सुबासचन्द्र भट्टराई

अर्थ सरोकार

काठमाडौँ । सेयर गुरु सुबासचन्द्र भट्टराईले एनआईसी एशिया बैंकसँग ऋणी र सेयरधनी खुसी नभएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘माकेट टक’मा बोल्दै भट्टराईले अहिले एनआईसी एशिया बैंकसँग बैंकका सेयरधनीहरु र ऋणी खुसी नभएको बताएका हुन् ।

एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई खुसी बनाउनेगरी लाभांश दिन नसकेको भट्टराईको भनाई छ । ‘अहिले एनआईसी एशिया बैंकसँग सेयरधनीहरु खुसी छैनन् । सेयरधनीलाई २९ प्रतिशत बोनस ठूलो होइन, १५ दिएको भए पनि हुन्थ्यो । तर, प्रत्येक वर्ष दिनुपर्छ ।’, उनले भने, ‘एक वर्ष २९ प्रतिशत, अर्को वर्ष नाङ्गो अनि अर्को वर्ष १८ प्रतिशत दिएर त मज्जा भएन नि । यस विषयमा बैंक सुध्रिनुपर्छ , बोनस दिने कुरामा बैंक स्थिर भएर जानुपर्छ ।’

त्यस्तै, भट्टराईले ऋणीहरुको हकमा एनआईसी एशिया बैंकले छिटोछिटो ब्याजदर बढाएको भन्दै बैंकबाट कर्जा लिएकाहरु पनि खुसी नभएको बताएका छन् । ‘एनआईसी एशिया बैंकसँग ऋणीहरु पनि खुसी छैनन् । बैंकले अलि आक्रामक रुपमा महँगोमा डिपोजिट उठाउन खोज्दा, कर्जाको ब्याजदर पनि महँगो हुँदै गएको थियो । एनआईसी एशिया बैंकले ब्याज बढाउँदा सम्पूर्ण बैंकिङ इन्डष्ट्रिकै ब्याजदर महँगो हुन गयो । यही गल्तीका कारण एनआईसी एशिया बैंकसँग ऋणीहरु रिसाएका हुन् ।’, भट्टराईले भने, ‘हो, एनआईसी एशिया बैंक नेपालको लिडिङ बैंक हो । तर, लिडिङ बैंक हुँदैमा, बैंकले गरेका गतिविधिले समग्र इन्डष्ट्रि के असर गर्छ भन्ने नै बैंकले बुझेन, यसमा बैंक सच्चिनुपर्छ ।’

पछिल्लो समय बैंकहरुका विषयमा विभिन्न व्यक्ति तथा समूहले फैलाएको अफवाहका कारण बैंकबाट निक्षेप झिक्दा त्यसको असर पुनः ग्राहक र ऋणीलाई नै पर्ने भट्टराईले बताएका छन् । ‘कुनै पनि बैंक डुब्ने हल्लाले निक्षेपकर्ताले डिपोजिट झिक्न थाल्दा बैंकले ब्याजदर बढाउँछ । अनि एउटा बैंकले ब्याजदर बढाउँदा अन्य बैंकलाई पनि ब्याजदर बढाउन बाध्यता पर्दा त्यसले समग्र इन्डष्ट्रिकै ब्याजदर बढ्छ । त्यसले अन्ततः मर्कामा पर्ने भनेको ऋणी र देशको अर्थतन्त्र नै हो ।’, उनले भने ।

त्यस्तै, भट्टराईले पछिल्लो समय बैंकहरु डुब्छन् भन्दै हिँडेका दुर्गा प्रसाईंका अभिव्यक्तिमा सत्यता नभएको भन्दै बैंक नभएर राज्यको नीतिका कारण दुर्गा प्रसाईं स्वयम् भने डुबेको बताएका छन् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK