काठमाडौं। सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी कलेजबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता माघ २६ शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
Sun Knowledge Partnership कार्यक्रम अन्तर्गत भएको सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले युनिग्लोब कलेज अन्तर्गत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अनतर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।
सम्झौता अन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा विद्यार्थीका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर नि:शुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।
सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए। सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष कृष्ण गिरीले Sun Knowledge Partnership कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्