×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन सेक्युरिटिज र स्टडी ग्रुप फर बैंकिङ एण्ड इन्स्योरेन्सबीच सम्झौता, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिने

अर्थ सरोकार

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार

PRIME CA

सन सेक्युरिटिज र स्टडी ग्रुप फर बैंकिङ एण्ड इन्स्योरेन्सबीच सम्झौता, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिने

काठमाडौं। सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालय अन्तर्गतको स्टडी ग्रुप फर बैंकिङ एण्ड इन्स्योरेन्स पोखराबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता फागुन १६ बुधबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

सन नलेज पार्टनरसिप कार्यकर्म अन्तर्गत भएको सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

साथै, प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।

पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर नि:शुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्ने जनाईएको छ ।

पोखरा विश्व विद्यालय फयाकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिङ एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्री र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रमसँगै सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश संकाय अन्तर्गत बिबिए र बिबिएबिआईका विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयमा १ दिने वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: