Skip to content
LAXMI SUNRISE BANK

कार्टुनमा सुनको लेपन गरेर तस्करी गर्ने एक महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । अवैध रुपमा खेलाउनाको कार्टुन बक्समा ‘लेप’ लगाएर सुन तस्करी गर्ने ३७ वर्षीया तसलिम सुल्ताना बुश्रालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको जहाजमार्फत शनिबार दुबईबाट काठमाडौँ आएकी बुश्रालाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।

सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले चारवटा खेलाउनाको कार्टुन बक्सको भित्रपट्टीको पत्रमा सुन लेपन गरेर ल्याएको पाइएको छ । उनको साथबाट प्रहरीले कुल ७०० ग्राम सुन बरामद गरेको छ ।

हाल उनलाई थप अनुसन्धान तथा कार्वाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK