×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा

PRIME CA
GLOBAL IME BANK

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले एफपीओ जारी गर्ने प्रस्तावसहित फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुने जनाईएको छ ।

सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ । त्यस्तै, सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्ने भएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: