Skip to content
LAXMI SUNRISE BANK

कपडामा ‘लेप’ लगाएर सुनको तस्करी गर्ने एकजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । लगाएको लुगामा ‘लेप’ लगाएर सुनको तस्करी गर्ने एकजना पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा अवैध रुपमा भित्र्याएको सुनसहित ३५ वर्षीय मोहम्मद जिसाह पक्राउ परेका हुन् ।

शंका लागेर चेकजाँच गर्ने क्रममा लुगामा सुनको ‘लेप’ लगाएर सुन तस्करी गरेको पाइएपछि प्रहरीले जिसाहलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।

उनी बिहीबार इन्डिगो विमानमार्फत दुबईबाट मुम्बई हुँदै काठमाडौँ आएका थिए । सोही क्रममा शंका लागेर चेकजाँच गर्दा उनले लगाएको निलो रङको जिन्स पाइन्ट, कालो रङको गन्जी र खरानी रङको भित्री वस्त्रमा सुनको लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट २ किलो २ सय १० ग्राम सुन बरामद गरिएको छ ।

हाल पक्राउ परेका जिसाहलाई थप अनुसन्धान तथा कार्वाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK