काठमाडौँ । चीनबाट आयात गरिएका ७ लाख बढी बोरा रासायनिक मल तातोपानी भन्सारमै थन्किएका छन् । गत जेठ महिनामा चीनबाट आयात गरिएका सात लाख ३५ हजार बोरा रासायनिक मल भन्सार कार्यालयको गोदाममै थन्किएका हुन् ।
मल आयातका सन्दर्भमा कृषि सामाग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि गोदामबाट मल उठ्न नसकेपछि लाखौँ बोरा मल भन्सारको गोदाममै थन्किएका हुन् ।
उक्त मलहरु ट्रान्स सिल्क ट्रमिनल्स प्रालि र अन्य व्यापारिक संस्थाहरुले आयात गरेका हुन् । हाल लाखौँ बोरा मल भन्सारमै थन्किएपछि नेपालमा किसानहरु भने मर्कामा परेका छन् ।