काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नाइट क्लब तथा डान्स बारहरुलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ । महानगरले एक पत्रमार्फत काठमाडौँको ठमेलमा रहेका नाइट क्लब, दोहोरी साँझ तथा डान्स बारहरुलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको हो ।
यसरी महानगरले कर तिर्न ताकेता गरेका क्लबहरुमा ठमेलको जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछाया रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बार रहेका छन् ।
त्यस्तै, महानगरले ठमेलको एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, बियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बार, गल्कोपाखाका गुन्यु चोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्ष्यित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बारलाई पनि कर तिर्नका लागि ताकेता गरेको छ ।
महानगरले यी क्लब तथा डान्स बारहरुलाई १५ दिनभित्र कर तिर्न ताकेता गरेको छ । अन्यथा महानगरको आर्थिक ऐनको दफा २१ बमोजिम कार्वाही गर्ने महानगरले चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्