×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीमा मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकीमा मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना

Artha Sarokar

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गण्डकी प्रदेशमा मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना गरिने भएको छ । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीलाई कारवाहीसहितको नियमावली ल्याएसँगै अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना तिराइने भएको हो ।

यसो त मिटरमा नचल्ने ट्याक्सीलाई यसअघि जरिवाना २ हजार रुपैयाँ थियो । तर, अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार रुपैयाँ जरिवाना तिराइने भएको छ ।

त्यस्तै, प्रदेश सरकारको यातायात नियमावलीमा डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा चल्ने गरी दर्ता नगर्ने पनि उल्लेख छ । सहकारी सौन्दर्यता र प्राकृतिक प्रदूषणको दृष्टिले डिजेलबाट चल्ने ट्याक्सीलाई सहरी क्षेत्रमा रोक लगाउन लागिएको बताइएको छ ।

योसँगै अब गण्डकी प्रदेशमा निजी सवारी साधानले पनि निश्चित मापदण्ड पूरा गरेर नियमा बसी राइड सेयरिङ पनि गर्न पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी