×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले टिकटक पूर्ण रुपमा बन्द गर्न सकेनः मन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारले टिकटक पूर्ण रुपमा बन्द गर्न सकेनः मन्त्री शर्मा

Artha Sarokar

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

‘ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्ने सरकारको निर्णय असफल भएको छ ।’, उनले भनिन्, ‘सरकारले टिकटक बन्द गर्ने भनेर निर्णय त गर्यो तर हामीले पुरै बन्द गर्न सकेनौँ । प्लेटफर्म बनाउन प्रयत्न गर्न जरुरी छ ।’

त्यस्तै, मन्त्री शर्माले इन्टरनेटको दुरुपयोगबाट महिलाहरुले असुरक्षा र हिंसा भोग्नुपरेको बताईन् । संसारभरी चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन् तर त्यसको नियमन गर्न नसक्ने हुँदा असुरक्षा पैदा भएको मन्त्री शर्माको भनाई छ । ‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । तर, जति प्रयोग गर्नुपर्ने हो त्यति प्रयोग गर्न सकेनौँ ।’, उनले भनिन्, ‘इन्टरनेटको प्रयोगकर्ताहरूको दुरुपयोगबाट महिलाहरुले असुरक्षा, हिंसा भोग्नुपरेको छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गछौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी