×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रायो र चम्सुरको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रायो र चम्सुरको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

Artha Sarokar

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो साग र चम्सुर सागको मूल्य बढेको छ । रायो १० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ५० रुपैयाँमा किनबेच भईरहेको छ भने चम्सुर २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ११० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, भारतीय सानो गोलभेडा ४५ रुपैयाँ, तराईको सानो गोलभेडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, तराईको बन्दा ४०, बन्दा (नरिवल) ४०, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, काउली तराई ४० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, घ्यु सिमि लोकल ९० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ९० रुपैयाँ, घिउ सिमी (राजमा) ११०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १२०, लौका ७०, घिरौला ८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ८०, हरियो फर्सी (डल्लो) ८०, सलगम ७०, भिण्डी १२०, सखरखण्ड ७०, बरेला ६०, पिडालु ७०, स्कुस ५० रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, बकुला ९०, तरुल ७०, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरीलो १८००, ब्रोकाउली ८०, चुकन्दर ७०, सजीवन २२०, रातो बन्दा ५०, जिरीको साग ८०, ग्याठ कोबी ५०, सेलेरी १५०, पार्सले ३५०, सौफको साग ११०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्दुक २५०, अदुवा १८०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ७०, हरियो लसुन १४०, हरियो धनिया १३०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको २८०, छ्यापी हरियो १२०, रुख टमाटर १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती १८०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २५०, नेपाली सुन्तला १२०, भारतीय सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर १२०, निबुवा ४०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ८०, किनु ७०, किवी ३००, अभोकाडो ३००, अमला ८० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी