×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काउलीको मूल्यमा वृद्धि, बिहिबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काउलीको मूल्यमा वृद्धि, बिहिबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

Artha Sarokar

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीको मूल्य बढेको छ । काउली १० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ५० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, टनेलको सानो गोलभेडा २०, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ, तराईको सानो गोलभेडा ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, तराईको बन्दा ४०, बन्दा (नरिवल) ४०, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, काउली तराई ४० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला १२ रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ६० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) १२०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ११०, लौका ७०, परवर (तराई) २५०, घिरौला ८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ७०, हरियो फर्सी (डल्लो) ७०, सलगम ७०, भिण्डी १२०, सखरखण्ड ७०, बरेला ६०, पिडालु ७०, स्कुस ५० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १६०, डल्ले च्याउ ३५०, कुरीलो १८००, ब्रोकाउली ७०, चुकन्दर ७०, सजीवन २२०, रातो बन्दा ५०, जिरीको साग ९०, ग्याठ कोबी ५०, सेलेरी १५०, पार्सले ३५०, सौफको साग ९०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्दुक २५०, अदुवा १८०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ९०, हरियो लसुन १२०, हरियो धनिया १२०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको २८०, छ्यापी हरियो १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १२०, कागती १८०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २५०, नेपाली सुन्तला १२०, भारतीय सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर १२०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ९०, किनु ७०, किवी ३५०, अभोकाडो ३०० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी