काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकामा दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र नेपाल पुँजीबजार लगानीकर्ता संघ, झापाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका सामुदायिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो ।
बढ्दो वित्तीय कारोबार र जनचासोकाबीच जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई वित्तीय साक्षरताबारे थप जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बबि कुमार राईले बताएका छन् । गाउँपालिकालाई आर्थिक, सामाजिक तथा वित्तीय रुपमा सबल बनाउनका लागि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईको भनाई छ ।
कार्यक्रममा सेयर बजारका अग्रज लगानीकर्ता तथा सेयर गुरु सुबासचन्द्र भट्टराई प्रशिक्षकका रुपमा रहेका थिए । कार्यक्रम फलदायी रहेको र यसबाट धेरै कुराहरु सिक्ने मौका पाएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्