काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापकको एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम माघ २१ गते कोहलपुरमा सम्पन्न भएको हो ।
कार्यक्रममा समसामयिक विषयवस्तुहरुको बारेमा, एनपिएल र जोखिम कर्जा असुलीका रणनैतिक उपाय तथा विधि, वित्तीय संस्थाको नीतिनियम, सर्कुलरहरुको कार्यान्वयनको अवस्था, एआरएम सिस्टम सम्बन्धी, नीति नियम अनुपालनाको क्रममा देखिएका कैफियतको बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षण वित्तीय संस्थाका कार्यकारी निर्देशक लगायत विभागीय प्रमुखहरुले दिएका थिए ।
सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित थिए ।
उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्