×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

PRIME CA

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको हो ।

साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी  १ अर्व ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि श्री सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: