काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढी सवारीसाधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा देशभरबाट १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारवाही परेका हुन् । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१ रुपैयाँ, बागमतीबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार ६ रुपैयाँ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार ट्रक र ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय रुपैयाँ, बस र मिनिबसबाट नौ करोड २० लाख पाँच रुपैयाँ, कार, जिप र भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय रुपैयाँ राजश्व सङकलन भएको हो ।
राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौँ उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्यांकमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए ।
उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक र ट्याङकर एक लाख ७० हजार ८४२ वटा, बस र मिनिबस एक लाख नौ हजार ३७७, कार र जिप र भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् ।
कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्