काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य बढेको छ । कुरिलोको मूल्य १०० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५०० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ, तराईको सानो गोलभेडा ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, काउली तराई २५ रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, मटरकोशा १०० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) ११०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ६०, घिरौला ८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ७०, हरियो फर्सी (डल्लो) ७०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ७०, बरेला ६०, पिडालु ८०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ११०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ २५०, कुरीलो १५००, ब्रोकाउली ६०, चुकन्दर ७०, सजीवन २००, रातो बन्दा ५०, जिरीको साग ८०, ग्याठ कोबी ५०, सेलेरी १००, पार्सले ३५०, सौफको साग ७०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्दुक २५०, अदुवा २२०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४६०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन ११०, हरियो धनिया ११०, चाइनिज सुकेको लसुन ३४०, छ्यापी हरियो १००, छ्यापि सुकेको २८०, रुख टमाटर १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १२०, कागती २००, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २००, नेपाली सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ८०, किनु ७०, किवी ३००, अभोकाडो ३००, अमला ८० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।