काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य बढेको छ । पुदिनाको मूल्य १०० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ४५० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ, तराईको सानो गोलभेडा ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) १००, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ५०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो)७०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ५०, पिडालु ६०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १००, बकुला ६०, तरुल ६०, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन २००, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ४०, सेलेरी १००, पार्सले २००, सौफको साग ७०, पुदिना ४५०, गान्टे मुला ६०, इमली १४०, तामा ९०, तोफु १४०, गुन्दुक २५०, अदुवा २२०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ९०, हरियो लसुन १२०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन ३२०, छ्यापी हरियो ९०, छ्यापि सुकेको २२०, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २५०, हरियो अंगुर १००, कालो अंगुर २००, नेपाली सुन्तला १३०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ५०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ९०, किनु ८०, किवी ३००, अभोकाडो ३००, अमला ८० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्