×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लसुनको मूल्य घट्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लसुनको मूल्य घट्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चाइनिज सुकेको लसुनको मूल्य घटेको छ । लसुन २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा २० रुपैयाँ, तराईको सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७४ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २५, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ३५ रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ११० रुपैयाँ, लोकल घ्यु सिमि १२०, घ्यु सिमि हाइब्रिड १२०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १३०, लौका ५०, परवर (तराई) २८०, घिरौला १२०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ३० रुपैयाँ, चम्सुरको साग ३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला ८०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ २८०, कुरिलो १५००, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १२०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले २२०, सौफको साग ३०, पुदिना २२०, गान्टे मुला ३०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ८०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ११०, हरियो लसुन ११०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १८०, छ्यापी हरियो ८०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १४०, हाइब्रिड काक्रो ६०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १४०, लप्सी ११०, किनु ९०, किवी ४००, अभोकाडो ४००, अमला ८० र स्ट्रबेरी २०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: