×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काक्रोको मूल्य घट्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको भाउमा भने सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काक्रोको मूल्य घट्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको भाउमा भने सामान्य घटबढ

Artha Sarokar

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काक्रोको मूल्य घटेको छ । लोकल काक्रो २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी १२० रुपैयाँ र हाइब्रिड काक्रो १० रुपैयाँले घटेर प्रतिकेजी ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, लोकल सानो गोलभेडा २० रुपैयाँ, तराईको सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७८ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३५ रुपैयाँ, रातो मुला ४० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि १३०, घ्यु सिमि हाइब्रिड १३०, घ्यु सिमि राजमा १००, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ११०, लौका ४०, घिरौला १४०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ३५ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ३० रुपैयाँ, चम्सुरको साग ३० रुपैयाँ, तोरीको साग २० रुपैयाँ मेथीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, बकुला ७०, तरुल ६०, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरिलो १२००, ब्रोकाउली ३०, चुकन्दर ६०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले २२०, सौफको साग ३०, पुदिना २२०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो ९बुलेट० ९०, खुर्सानी हरियो ९माछे० ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ९०, हरियो लसुन १२०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, छ्यापी सुकेको १८०, छ्यापी हरियो ८०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार २५०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १५०, भारतीय सुन्तला ८५, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, लप्सी ११०, उखु ८० प्रति गोटा, किनु ९०, अमला ७० र स्ट्रबेरी २०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी