Skip to content
LAXMI SUNRISE BANK

भिजन सेक्युरिटिजद्वारा धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। भिजन सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४)ले शनिबार कैलालीको धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । ओम प्यालेस, नयाँबजार, धनगढी, कैलालीमा आयोजित कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ ।

कार्यक्रममा दोश्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले के-कस्ता विषयमा गल्तीहरु गर्दछन्, के के विषयमा ध्यान पुर्याउनु पर्छ, विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा सुवास चन्द्र भट्टराईले प्रस्तुती दिएका थिए ।

त्यस्तै, भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले दोश्रो बजारमा कारोबार गर्नको लागि आवश्यक प्रक्रिया, अनलाईन कारोबार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उद्योग वाणिज्य संघ धनगढीका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले लगानीकर्ताहरुलाई दोस्रो बजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्न सचेत गराएका थिए ।

भिजन सेक्युरिटिजले यसै साता धनगढीको कैलाली वहुमुखी क्याम्पस, ऐश्वर्या वहुमुखी क्याम्पस र सुदुर पश्चिमाञ्चल एकेडेमीमा समेत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

भिजन सेक्युरिटिजले राजधानीमा ३ र मोफसलमा ९ गरी १२ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK