काठमाडौं। धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पुरा गरेको छ । सन् २०१९ को फेब्रुअरी १४ बाट सञ्चालनमा आएको यस जिपलाइनले ५ वर्षको अवधिमा सरकारका उच्च प्रतिनिधिदेखि कलाकार हुँदै सर्वसाधारणसम्ममा यसको क्रेज बसाल्न सफल भएको छ ।
वर्ल्ड–वाइड एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अन्य नेता तथा कलाकार समेतले मनोरञ्जन लिइसकेका छन् ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, क्याप्टेन विजय लामा, कलाकार वर्षा सिवाकोटी, पूजा शर्मा, अनमोल केसी, कमेडियन मनोज गजुरेल, गायिका रचना रिमाल, गायक प्रताप दास लगायतले धुलिखेल जिपलाइनमा मनोरञ्जन लिइसकेका छन् ।
राजधानी काठमाडौंबाट ३५ किलोमिटर मात्रै भएकाले पनि धुलिखेल उपत्यकाबासीको सहज गन्तव्य हो । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बनेको छ ।
काठमाडौंबाट नजिकैको दूरीमा रहेको धुलिखेलमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइनको मज्जा लिन मिल्ने भएकाले पनि यो सबैको रोजाइमा परेको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठले बताए ।
३ हजार रुपैयाँमै फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसको लोकप्रियता पनि ह्वात्तै बढेको हो ।
सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।
समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा रहेको टप स्टेसनबाट सुरु भएको यात्रा बटम स्टेसनमा पुग्दा एक सय मिटर मात्रै तल झर्छ । यस बीचमा दुई सय ४० फिटको ‘भर्टिकल ड्रप’ हुने गरी डोरी टाँगिएको छ । यसमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
५ वर्षअघि सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले जिपलाइन लगायतका परियोजना बनाएका थिए । त्यसपछि सबैको आकर्षण बनेको जिपलाइन बिस्तारै विदेशीलाई मात्रै नभई नेपालीलाई समेत बानी पर्दै गयो । देशैभर जिपलाइनको माहोल बन्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्