Skip to content
LAXMI SUNRISE BANK

लुकाइछिपाइ ल्याईएको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजार रुपैयाँसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

रकमसँगै कार चालक भारत विहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका-४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK