काठमाडौं। कोडिन्य गोत्रीय आचार्यहरुको छाता संगठन आचार्य बन्धु समाज नेपालले सर्लाही र रौतहटमा समिति चयन गरेको छ । सर्लाहीको लालबन्दीमा भएको अधिवेशनमा प्रशान्त आचार्यको नेतृत्वमा समाज गठन भएको छ भने रौतहट भेलाबाट शिव आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।
सर्लाही जिल्लाको अध्यक्षमा समाजसेवी प्रशान्त आचार्य चयन भएका छन् । सचिवमा रमेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्यसहितको टिम सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै छोटो समयमा बन्धुहरुको सफलतापुर्वक ब्यापक भेला गराउन सफल सन्तोष आचार्य, कार्यक्रम गर्ने स्थान मिलाउने अशोक आचार्य, कार्यक्रमका बिशिष्ट अतिथी ईश्वरपुर नगरपालीकाका मेयर मनोज आचार्य, मधेश अध्यक्ष लीलामणी आचार्य, उपाध्यक्ष बसन्त आचार्य, विदेश बिभाग सदस्य विरेन्द्र आचार्यलगायतलाई प्रमुख अथिती तथा आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले धन्यबाद तथा कार्यकाल सफलताको शुभकामना दिए ।
यसैगरी रौतहट जिल्लाको दिउँसो भएको अधिवेशन भेलाबाट आचार्य बन्धु समाज नेपाल रौतहट जिल्ला कार्यसमितिको अध्यक्षमा शिब प्रसाद आचार्य, उपाध्यक्षमा टीका प्रसाद आचार्य, सचिवमा नरनाथ आचार्य, सहसचिवमा संगीता आचार्य, कोषाध्यक्षमा बिष्णु आचार्य तथा सदस्यहरुमा बिनोद आचार्य, कृष्ण प्रसाद आचार्य, कुमार आचार्य, गणेश आचार्य, रमेशराज आचार्य सर्मसम्मत रुपमा चयन भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्