×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ताको रस्साकस्सी : अर्थमन्त्रीमै अड्कियो हलो, को मन्त्री बन्दा होला अर्थतन्त्रको भलो ?

PRIME CA

सत्ताको रस्साकस्सी : अर्थमन्त्रीमै अड्कियो हलो, को मन्त्री बन्दा होला अर्थतन्त्रको भलो ?

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सत्ताको रस्साकस्सीको हलो अर्थ मन्त्रालयमा गएर अड्किएको छ । एमालेले अर्थको स्वाभाविक दाबी गर्ने, माओवादीले अर्थचाहिँ नछोड्ने र रास्वपाले गृह नपाए, अर्थ कुनै हालतमा पाउनुपर्ने अडान राखेपछि अर्थ मन्त्रालय कसको पोल्टामा पर्ला भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले केहि दिनअघि नै सरकार परिवर्तन भएको खण्डमा बर्षमान पुन नै अर्थमन्त्री बन्ने ब्रिफिङ पार्टी भित्र गरेका थिए ।

तर सत्तामा एमालेको सहभागीता हुने भएपछि एमालेले पनि अर्थ मन्त्रालयमा दाबी गरेको छ । अर्थमा बिष्णु पौडेल वा पदम गिरीलाई अगाडी सारेको एमालेको प्राथमिकतामा भने अर्थमा पौडेल नै छन् । पौडेल सेयर बजारले समेत रुचाएका अर्थमन्त्री हुन् ।

यता प्रधानमन्त्रीले एमालेलाई अर्थ माओवादी र एमाले दुबैले नराखेर रास्वपालाई दिन, र गृह माओवादीको भागमा राखेर अगाडी बढ्नसमेत प्रस्ताव गरेका छन् । यो प्रस्ताव एमालेले मानेको अवस्था छैन । रास्वपा भने गृह नपाएको खण्डमा अर्थसहित सरकारमा जान र अर्थमा स्वर्णिम वाग्लेलाई अगाडी सार्न सहमत छ । यद्यपी रास्वपा सभापति रवि लामिछानेले भने आफुलाई गृहमन्त्री नै दिनुपर्ने अडान राखेको बुझिएको छ ।

को मन्त्री बन्दा होला अर्थतन्त्रको भलो ?
रास्वपाका स्वर्णिम वाग्ले अर्थतन्त्र सम्बन्धि जानकार मानिन्छन् । तर अनुभवको कमीका कारण उनी भन्दा बिष्णु पौडेल नै अर्थमा फिट हुने तर्क अधिकांश अर्थविद्हरुको छ । बिष्णु पौडेल अर्थमन्त्री भएको हेर्न सेयर लगानीकर्ता पनि आतुर छन् । बर्षमान पुन पनि पूर्वअर्थमन्त्री हुन् । यद्यपी माओवादीबाट अर्थमा मन्त्री आउँदा त्यसको सकारात्मक प्रभाव कम देखिने भन्दै अर्थतन्त्रका जानकारहरुले पौडेललाई अर्थमन्त्रालयको जिम्मा दिँदा नै सबैको भलो हुने तर्क गरिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: