×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छ’ – गुरागाईं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छ’ – गुरागाईं

Artha Sarokar

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईंले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटलाइजेसनमा लगानी बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

सिईओ गुरागाईंले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उनको भनाई छ ।

मोबाईल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाई समेत दक्षबनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे ।

क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाई विस्तार गर्न उनको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाई छ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाईरहेको उनले सुनाए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी