×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेशमा धमाधम माओवादीका मन्त्रीहरु बर्खास्त हुँदै !

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

PRIME CA

प्रदेशमा धमाधम माओवादीका मन्त्रीहरु बर्खास्त हुँदै !

काठमाडौँ । केन्द्रीय राजनीतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससँगको पूरानो गठबन्धन तोडेर एमाले र रास्वपासहितको नयाँ समिकरण बनाएपछि प्रदेशमा माओवादीका मन्त्रीहरु धमाधम बखास्तमा पर्न थालेका छन् । गण्डकी र सुदूरपश्चिमपछि लुम्बिनी प्रद्रशमा पनि माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्तमा परेका हुन् ।

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्की र कृणा केसी (नमुना)लाई पदबाट बर्खास्त गरेका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री झपट साउँद, उद्योग, पर्यटन तथा बन तथा वातावरण मन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।

त्यस्तै, गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रबाट मन्त्री बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली बर्खास्तमा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: