काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बिराजभक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबण्डाका लागि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बिराजभक्त श्रेष्ठलाई खेलकुद मन्त्री बनाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार नयाँ सत्ता समिकरणमा रास्वपाले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालय पाएको छ । बैठकले गृहमन्त्री पार्टी सभापति रवि लामिछानेलाई दिने यसअघि नै टुँगो लगाइसकेको छ ।
त्यस्तै, सत्ता गठबन्धनको बैठकले रास्वपाबाट सुमना श्रेष्ठलाई शिक्षा मन्त्री र डोलप्रसाद अर्याल (डिपी अर्याल)लाई श्रममन्त्री बनाउने टुँगो लागेको छ । डिपी अर्यालले यसअघि नै बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरिसकेका छन् । अन्य मन्त्रीहरुको भने आज (बुधबार) शपथ ग्रहण हुने भएको छ ।