काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै परिचय पत्र नम्बर (एनआईएन) दिन निर्देशन दिएको छ । स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गर्दै विभागले यस्तो निर्देशन दिएको हो ।
योसँगै अब १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचयपत्र नम्बरसहितको जन्म दर्ता प्रमाणपत्र जारी गरिनेछ ।
विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत नै राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो । प्राविधिक कारणले १६ वर्ष भन्दा मुनिका व्यक्तिको जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभए विभागमा सम्पर्क गरेर मात्रै प्रमाणपत्र जारी गर्न पनि विभागले निर्देशन दिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा गरिएको व्यवस्थाबमोजिम फागुन २७ गतेको निर्णयअनुसार विभागले नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएबमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर दिनुपर्ने गरी परिपत्र गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्