×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री नपाए विष्णु पौडेल सरकारमा नजाने !

अर्थ सरोकार

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार

PRIME CA

अर्थमन्त्री नपाए विष्णु पौडेल सरकारमा नजाने !

काठमाडौँ । नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्किएपछि बनेको नयाँ सत्ता समिकरणमा अर्थमन्त्री नपाए बिष्णु पौडेल सरकारमा नजाने भएका छन् । स्रोतले दिएको जानकारी अनुसार एमालेले अर्थमा दाबी गर्दागर्दै पनि अर्थ नपाए अन्य मन्त्रालय लिएर पौडेल सरकारमा नजाने भएका हुन् ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्रालय माओवादीकै भागमा राख्न चाहेको बुझिएको छ । उनले पार्टीका उपमहासचिवसमेत रहेका वर्षमान पुनलाई अर्थमन्त्री बनाउन खोजेका छन् ।

तर, एमालेले पनि अर्थमन्त्रालय आफ्नो भागमा पर्नुपर्ने अडान लिएको छ । यद्यपि अर्थ मन्त्रालय एमालेले पाउने सम्भावना निकै न्यून रहेको स्रोतको दाबी छ । अर्थ मन्त्रालय नपाए एमालेबाट बिष्णु पौडेल भने सरकारमा नजाने भएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने गृहमा आफ्नो दाबी कायम राखेको छ । गृह मन्त्रालयलाई बटमलाईन बनाएको रास्वपाले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । रास्वपाबाट डिपी अर्याल र एमालेबाट पदम गिरीले सोमबार नै बिना विभागीय मन्त्रीका रुपमा शपथ लिईसकेका छन् । मन्त्रालय भागबण्डाका विषयमा मंगलबार सत्ता साझेदार दलहरुबीच बैठक बस्दैछ । बैठकपछि कसले, कुन मन्त्रालय पाउने भन्नेबारे टुँगो लाग्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: