Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमान चोरी

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ र ललितपुरमा लाखौँको धनमाल चोरी भएको छ । बुधबार काठमाडौँको नागार्जुन नगरपालिका–२ र ललिपुर महानगरपालिका–२६ मा गरी १३ लाख बढीको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका–२ का रामकृष्ण पाण्डेको घरमा कोही नभएको मौका छोपी घरको ढोका फोडेर चोरी भएको छ । पाण्डेको घरबाट सुनचाँदीका विभिन्न गहना र नगद १ लाख रुपैयाँसमेत गरी कुल ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाण्डेको घरमा बुधबार दिउँसै चोरी भएको हो ।

त्यस्तै, ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा डेरा गरी बस्ने कमला सिटौलाको कोठाबाट पनि गहना र विभिन्न सामान गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

तेह्रथुम आठराई गाउँपालिका–१ भर भएकी सिटौलाको कोठामा कोही नभएको समयमा बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । हाल चोरीमा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK