×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खर्च धान्नै मुस्किल भएपछि बन्द भयो ‘मुद्रेको कमेडी क्लब’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खर्च धान्नै मुस्किल भएपछि बन्द भयो ‘मुद्रेको कमेडी क्लब’

Artha Sarokar

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खर्च धान्नै मुस्किल भएपछि टेलिभिजन कार्यक्रम ‘मुद्रेको कमेडी क्लब’ बन्द भएको छ । सामाजिक सञ्जाल फेसबुकका पोष्ट गर्दै ‘मुद्रेको कमेडी क्लब’का होस्ट जितु नेपालले कार्यक्रम बन्द भएको घोषणा गरेका हुन् ।

‘अन्ततः एमसीसी (मुद्रेको कमेडी क्लब)बाट बिदा मागिया, आज अन्तिम भाग । ३ सिजन गरेर १८४ भाग गरिएछ । सबैप्रति आभारी छु । भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्नपर्ने केही कारण चाहिँ भनेको छैन, अहिले पनि भनिन । समय आएपछि भनौँला ।’, उनले फेसबुकमा लेखेका छन् ।

फेसबुक पोष्टमा ‘मुद्रेको कमेडी क्लब’ बन्द गर्नुको कारण नखुलाए पनि उनले खर्च धान्नै मुस्किल भएपछि ‘शो’ बन्द गर्ने घोषणा गरेका हुन् । यद्यपि नयाँ ढंगबाट नयाँ खालको कार्यक्रम ल्याउनेतर्फ पनि उनले संकेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी