×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री महतकै कारण ढल्यो काँग्रेसी सरकार !

PRIME CA

अर्थमन्त्री महतकै कारण ढल्यो काँग्रेसी सरकार !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतको रिपोर्ट कार्ड राम्रो नहुँदा नहुँदै पनि पार्टी सभापति शेरबहादुर देउवाले महतलाई अन्तिमसम्म काँधमा बोकेपछि अन्ततः काँग्रेस सरकारबाट बाहिरिनुपरेको छ । गत मंसिरदेखि नै महतदेखि असन्तुष्ट बनेका प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्न चाहँदा पनि देउवाले नदिएपछि अन्तिममा काँग्रेस नै सरकारबाट बाहिरिनुपरेको हो ।

यसो त अर्थमन्त्रीकै कारण देउवाले मंसिरमा मन्त्रिमण्डल हेरफेर गर्ने प्रचण्डको तयारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्म धकेले । त्यसपछि पुनः उनले काँग्रेसको महासमिति बैठकसम्म मन्त्रिमण्डल हेरफेर गर्ने प्रचण्डको तयारीमा ब्रेक लगाएका थिए ।

तर, त्यसपछि पनि देउवाले अर्थमन्त्री महतलाई नै बैशाखमा हुने लगानी सम्मेलनसम्म नहटाउने गरी प्रस्ताव गरेपछि बिच्किएका प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै भत्काउने निर्णय गरेको जानकारहरु बताउँछन् । योसँगै अब अर्थमन्त्री महत सरकारबाट बाहिरिने भएका हुन् । महतकै कारण सत्ताबाट बाहिरिनुपरेको स्वयम् काँग्रेसकै नेताहरुले बताउँदै आएका छन् । प्रचण्डको तयारीअनुसार नै मन्त्रिमण्डल हेरफेरमा सहयोग गरेको भए अहिले सत्ताच्युत हुनुपर्ने अवस्था नआउने उनिहरुको भनाई छ ।

हाल काँग्रेस सरकारबाट बाहिरिएसँगै अर्थमन्त्री को बन्ने ? भन्ने विषयमा नयाँ समिकरणमा बहस सुरु भएको छ । एकातिर नेकपा एमालेले अर्थमन्त्रीमा आफ्नो दाबी गर्दै आईरहेका बेला प्रचण्ड भने अर्थ आफ्नो भागमा राख्ने वा गृहमा नायारणकाजीलाई नै निरन्तरता दिएर अर्थ रास्वपालाई दिने भन्नेबारेमा छलफलमा छन् ।

अर्थ एमालेको भागमा परे विष्णु पौडेल अर्थमन्त्री बन्नेछन् भने माओवादीको भागमा परे वर्षमान पुनको सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् । तर, गृह आफ्नो भागमा राखेर माओवादीले अर्थ रास्वपालाई दिए अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बन्ने विषयमा उत्तिकै चर्चा छ । यद्यपि हाल उक्त विषय छलफलकै क्रममा छ । सम्भवतः आजै नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने र आजै शपथ ग्रहण गर्ने मनसायमा प्रधानमन्त्री प्रचण्ड रहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: