×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा दायर

Artha Sarokar

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा प्रतिवादी बनाइएकाहरुमा तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल लगायत छन् ।

त्यस्तै, इन्जिनियर सुबोधकुमार चापागाईँ, लेखापाल रामबहादुर कार्की, सब-इन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोसी–१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा ४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा ३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

तामाकोसी–३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी