×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ । कम्पनीको साधारणसभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकोमा सभाले सर्वसम्मत पारीत गरेको छ ।

सभाले सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका हुन् । साथै, यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी