×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा लगानी गरेर मनग्य नाफा कमाउन सकिन्छ’- उद्योगमन्त्री

PRIME CA

‘नेपालमा लगानी गरेर मनग्य नाफा कमाउन सकिन्छ’- उद्योगमन्त्री

९ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवसीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन सरकार तयार रहेको बताएका छन् । सिंहदरबारमा गैरआवसीय नेपाली संघका प्रतिनिधिहरुसँगको भेटमा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले यसका लागि आवश्यक नीति र कानून संशोधन गर्न सरकार तयार रहेको पनि बताएका छन् ।

मन्त्री. भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्नसमेत आह्वान गरेका छन् ।

‘नेपालमा लगानीको लागि सुरक्षित वातावरण छ । तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुपर्यो ।’, मन्त्री भण्डारीले भने, ‘आवश्यक नीति र कानून संशोधन गर्न सरकार तयार छ ।’

त्यस्तै, मन्त्री भण्डारीले नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको पनि दाबी गरेका छन् । योसँगै अब बढी भन्दा बढी लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुले जोड दिनुपर्ने उनले बताएका छन् । सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने मन्त्री भण्डारीको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: