काठमाडौँ । अबदेखि डट एनपी (.np) डोमेन दर्ता गर्न शुल्क तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो डट एनपी डोमेन दर्ता गर्न शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
विधेयकको दफा ६६ (डोमेन नाम सेवा सञ्चालन, नियमन तथा व्यवस्थापन)मा उक्त व्यवस्था उल्लेख गरिएको छ ।
उक्त दफाको उपदफ (१)मा डोमेन नाम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने भनिएको छ । योसँगै अब कुनै व्यक्ति वा संस्थाले एनपी डोमेनमा नाम दर्ता गराउँदा विभागले तोको संस्थामा तोकिए बमोजिम दस्तुर बुझाई दर्ता गर्नुपर्नेछ । यसरी उपदफा (१) बमोजिम दर्ता भएको डोमेन नाम अरु कसैले पनि प्रयोग गर्न नपाउने पनि उक्त विधयेकमा उल्लेख छ ।

त्यस्तै, उक्त विधेयक अनुसार अब सरकारी निकायहरुले आफ्नो कार्यालयको डोमेन नाम गभर्मेन्ट डट एनपी अन्तर्गत दर्ता गर्नुपर्नेछ भने दर्ता भएको डोमेन नाम प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको शुल्क तिरेर नविकरण पनि गर्नुपर्नेछ ।
ऐन जारी हुँदाको समयमा सञ्चालमा रहेका डोमेन नामहरु ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र एन बमोजिम दर्ता गरिसक्नुपर्ने पनि विधेयकमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्