×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ताको रस्साकस्सीः गृह नपाउने भएपछि रास्वपाबाट मन्त्री बन्दै डिपी अर्याल, मन्त्रालयबारे छलफल हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सत्ताको रस्साकस्सीः गृह नपाउने भएपछि रास्वपाबाट मन्त्री बन्दै डिपी अर्याल, मन्त्रालयबारे छलफल हुँदै !

Artha Sarokar

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्याल मन्त्री बन्ने भएका छन् । सत्ताको नयाँ समिकरणमा गृह नपाउने देखिएपछि रास्वपाबाट अर्याल मन्त्री बन्ने भएका हुन् ।

काँग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले, रास्वपा, राप्रपा र जसपासहितको नयाँ समिकरण बनाएसँगै गृहको दाबी गरेको रास्वपालाई माओवादी र एमालेले गृह दिन नचाहेपछि अर्याललाई सरकारमा पठाउने निर्णय भएको रास्वपाका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने छलफल भइरहेको छ । यसअघि गृह मन्त्रालय पाए पार्टी सभापति लामिछाने स्वयम् सरकारमा सहभागी हुन चाहेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी