Skip to content
LAXMI SUNRISE BANK

इसेवाले ल्यायो अन्तराष्ट्रिय क्यूआर भुक्तानी सेवा

अर्थ सरोकार

काठमाडौं। इसेवाले अन्तराष्ट्रिय क्यूआर क्यूआर भुक्तानी सेवा ल्याएको छ । अन्तराष्ट्रिय भुक्तानी सेवा सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ ।

फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने इसेवा मर्चेन्टहरूलाई यो सेवा उपलब्ध भएको इसेवाले जनाएको छ ।

नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल-भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप यो सेवा आउन लागेको हो।

इसेवा मर्चेन्टहरूले फोनपे क्यूआरमा भारतीय पर्यटकहरू मार्फत् भारतको भिम(यूपीआई र फोनपेको प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगिने क्रममा कमी आउने कम्पनीले विश्वास लिएको छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने इसेवाले जनाएको छ ।

भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएता पनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन्। यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै जानकारी गराउने इसेवाले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK