×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपती लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गणपती लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम प्रदान

Artha Sarokar

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपती लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिमफेदिले सीप विकास तालिम प्रदान गरेको छ । लघुवित्तले सिप विकास तालिम मार्फत उद्यमशिलता विकासमा टेवा पुर्याउने उद्देश्यले भिमफेदी ६ मकवानपुरमा ग्राहक सदस्य महिलाहरुलाई एक दिन व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको हो ।

विभिन्न समुहमा आवद्ध २५ जना महिलाहरुलाई व्यवसायीक तरकारी खेतीको बारेमा तालिम प्रदान गरिएको शाखा प्रमुख सुवास पोखरेलले जानकारी दिए। तालिम लिएका महिलालाई व्यवसायीक रुपमा तरकारी खेती गर्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पनि उनले बताए ।

तालिम कार्यक्रममा मलको प्रयोजन, तरकारीमा लाग्ने रोग,बाली लगाउने तौर तरिका, बेमौसमी तरकारी बजारको माग अनुरुप उत्पादन व्यवस्थापन लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

व्यावसायिक तरकारी खेती तालिमको प्रशिक्षकमा गाउँपालिकाका कृषि प्राविधिक सौगात गौतम रहेका थिए । शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्ष्यतामा संचालन भएको कार्यक्रमको सहजीकरण गणेश थापा मगरले गरेका थिए ।

तालिमको अन्त्यमा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी