काठमाडौं । गणपती लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिमफेदिले सीप विकास तालिम प्रदान गरेको छ । लघुवित्तले सिप विकास तालिम मार्फत उद्यमशिलता विकासमा टेवा पुर्याउने उद्देश्यले भिमफेदी ६ मकवानपुरमा ग्राहक सदस्य महिलाहरुलाई एक दिन व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको हो ।
विभिन्न समुहमा आवद्ध २५ जना महिलाहरुलाई व्यवसायीक तरकारी खेतीको बारेमा तालिम प्रदान गरिएको शाखा प्रमुख सुवास पोखरेलले जानकारी दिए। तालिम लिएका महिलालाई व्यवसायीक रुपमा तरकारी खेती गर्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पनि उनले बताए ।
तालिम कार्यक्रममा मलको प्रयोजन, तरकारीमा लाग्ने रोग,बाली लगाउने तौर तरिका, बेमौसमी तरकारी बजारको माग अनुरुप उत्पादन व्यवस्थापन लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
व्यावसायिक तरकारी खेती तालिमको प्रशिक्षकमा गाउँपालिकाका कृषि प्राविधिक सौगात गौतम रहेका थिए । शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्ष्यतामा संचालन भएको कार्यक्रमको सहजीकरण गणेश थापा मगरले गरेका थिए ।
तालिमको अन्त्यमा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्