काठमाडौं। सदस्य सीप विकास तालिम अन्तर्गत गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय परोहा रौतहटमा एक दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ ।
संस्थामा आबद्ध सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने उदेश्यले आज मिति २०८०र१२र०८ गते बिहिवारका दिन संचालित उक्त तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको थियो । यस तालिमको प्रशिक्षण परोहा नगरपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक यसवन्त कुमार यादवले दिएका थिए ।
परोहा शाखाका शाखा प्रबन्धक देवेन्द्र कुमार यादवको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि परोहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जवाहर लाल राय रहेका थिए ।
कार्यक्रमको अन्तमा सबै सहभागीहरूलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्