×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा संचालन

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

उक्त एक्सटेन्सन काउण्टरमा फाल्गुन २३ गतेदेखि कारोबार शुभारम्भ भएको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी