काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले ब्लु डायमण्ड सोसाईटीका एलजीबीटीक्यु समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरेको हो ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंक लिमिटेडको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख इक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।
गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्