×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय नियुक्त

PRIME CA

गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय नियुक्त

अर्थ सरोकार

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत्र १४ गते बुधबार बसेको संचालक समितिको बैठकले उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका यस अघिका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: