×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गठबन्धनमा खटपट, काँग्रेसमा छटपट, एमाले बैठकमा झटपट !

PRIME CA

गठबन्धनमा खटपट, काँग्रेसमा छटपट, एमाले बैठकमा झटपट !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अहिले गठबन्धनका शीर्ष नेताहरु सत्ताको रस्साकस्सीमा छन् । कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रीमण्डल हेरफेरको प्रस्ताव अघि बढाएसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । केही मन्त्रीको कार्यशैली र हेरफेरका विषयमा प्रधानमन्त्रीको प्रस्तावमाथि नेपाली काँग्रेसले सुरुदेखि नै असहमति जनाउँदै आएको छ ।

तर, एक वर्षीय कार्यकालबाट सन्तुष्ट नदेखिएका प्रचण्ड, जसरी हुन्छ केही मन्त्रीको राजिनामा गराउने मुडमा छन् । यसमा सकेसम्म कुरो मिलोस्, नभए पेलेरै जाने मनसायमा प्रचण्ड रहेको स्रोतको दाबी छ ।

मन्त्री फेर्ने प्रधानमन्त्रीको प्रस्तावबाट डराएको काँग्रेसमा पार्टी सभापति शेर बहादुर देउवा भने केही लचिलो बनेका छन् । राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्ने र सत्ताच्युत हुनुपर्ने विषयले देउवालाई लचक बनाएको जानकारहरुको भनाई छ । तर, काँग्रेसभित्रै पनि प्रधानमन्त्रीको उक्त प्रस्ताव र पार्टी सभापतिको लचिलोपनाप्रति पार्टीकै शीर्ष नेता असन्तुष्ट छन् ।

सोही असन्तुष्टी र असमझदारी टुँग्याउन सोमबार बिहान ८ बजेका लागि डाकिएको सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको छ ।

गठबन्धनमा देखिएको खटपटका कारण बैठक नै स्थगित भएपछि यता बालकोटमा नेकपा एमालेको आकष्मिक बैठक सुरु भएको छ । सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकष्मिक बैठक डाकेको हो । सत्ताको रस्साकस्सीमा होमिएको एमाले पनि गठबन्धनमा देखिएको खटपटमा च्याँखे थाप्ने र सरकारमा जाने दाउ खोजिरहेको जानकारहरुको ठम्याई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: