Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका-६, हुस्लाङ र बन्दिपुर गाँउपालिका-६, साराङ्गघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको दावी गरेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK