Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई क्यापिटलद्वारा सातवटै प्रदेशमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन

अर्थ सरोकार

काठमाडौं। विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

क्यापिटलले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीको लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवा युवतीहरुलाई लक्षित गरी चैत्र ५ गतेदेखि ९ गतेसम्म देशका सातवटै प्रदेशमा देहाय बमोजिम लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

कार्यक्रमहरु :

१. चैत्र ५ गते कोशी चोकबजार/ईलाम कान्तिपुर मल्टिटेक्निकल कलेज

२. चैत्र ५ गते बागमती मनहरी/मकवानपुर राष्ट्रिय रोटरी माध्यमिक विद्यालय

३. चैत्र ६ गते कर्णाली बडाखोली, गुर्भाकोट/सुर्खेत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय

४. चैत्र ६ गते सुदूरपश्चिम लम्कीचुहा/कैलाली पायनियर्स एकेडेमी

५. चैत्र ७ गते मधेश रामानन्दचोक, जनकपूर/धनुषा राजर्षि जनक विश्वविद्यालय

६. चैत्र ८ गते लुम्बिनी गुलरिया/बर्दिया जनज्योती माध्यमिक बोर्डिङ्ग स्कुल

७. चैत्र ९ गते गण्डकी दमौली/तनहुँ दमौली कलेज

विश्व वित्तीय सप्ताह खासगरी विद्यार्थी तथा युवा युवतीमा अनावश्यक खर्च कटौती गरी वचत गर्ने बानी बसाल्ने तथा वित्तीय शिक्षाको महत्व बुझाउने उद्देश्यले OECD/INFE को संयोजन तथा नेपाल राष्ट्र बैंकको अनुरोधमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

उक्त सबै कार्यक्रमहरुमा क्यापिटलका पदाधिकारीहरुले पूँजी बजार सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले खासगरी बचत तथा लगानी बीचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो सेयर सेवा, लगानी व्यवस्थापन सेवा लगायत दोस्रो बजारको बारेमा विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरको अवसर तथा जोखिमको बारेमा प्रकाश पारेका थिए ।

सानै उमेरदेखि आफुँसँग रहेको पैसालाई एकीकृत गरी पूँजी बजारमा कसरी लगानी, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमहरुमा सहभागीहरुको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रममा सम्बन्धित विद्यालय/कलेजका प्रिन्सिपल तथा स्थानिय निकायका जनप्रतिनिधिहरुले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीहरुको लागि पूँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गदै धन्यवाद दिएका थिए ।

ग्लोबल आइएमई क्यापिटलले समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित विषयमा विभिन्न तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम मार्फत युवा युवती तथा विद्यार्थीहरुले नेपालको पूँजी बजार सम्बन्धी शिक्षा प्राप्त गरी प्राप्त भएको ज्ञानलाई आगामी दिनमा व्यवहारमा लागू गरी आफनो आम्दानीलाई बचत तथा लगानीको रुपमा प्रयोग गर्ने बानीको विकास हुने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK