Skip to content
LAXMI SUNRISE BANK

आइतबार दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १९५० रुपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख तीन हजार सात सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख तीन हजार तीन सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK