Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १२०४०० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख तीन हजार सात सय ४० रुपैयाँ, प्रति १० तेजाबी सुनको मूल्य एक लाख तीन हजार दुई सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK