Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख २३ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले बढेर एक लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४४५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख पाँच हजार चार सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख चार हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२३९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK